×

वीरगञ्ज २३ पुष । अमेजनका मालिक जेफ बेजोसलाई पछि पार्दै एलन मस्क संसारकै धनाढ्य व्यक्ति हुन सफल भएका छन् ।

टेस्ला कम्पनीका सीईओ मस्कको सम्पत्ति याे समाचार तयार पार्दासम्म १९० बिलियन डलर अर्थात् २२२ खर्ब २८ अर्ब २१ करोड रुपैयाँ भन्दा बढी पुगेको छ ।

याे सफलतापछि उनले ट्वीटरमा ‘कस्ताे अचम्म’ भन्दै एक ट्वीट गरेका छन् ।

बेजाेसकाे सम्पत्ति कुल १८७ बिलियन डलर छ । पछिल्लो समय टेस्लाको शेयर मूल्यमा आएको वृद्धिले मस्कलाई यो सफलता मिलेको उल्लेख गरिएको छ ।

ब्लुम्बर्गकाे पछिल्लाे इन्डेक्स अनुसार मस्ककाे सम्पत्ति बेजाेसकाे तुलनामा ३ बिलियन डलर बढी छ ।

याे सूचीमा माइक्राेसफ्टका बिल गिट्स १३२ बिलियन डलर सहित तेस्राे स्थानमा छन् ।

Back to top