×

पर्सा १४ पुष । पर्साका ग्रामिण क्षेत्रका जनतालाई छिटो र छरितो बैंकिङ्ग सेवा उपलब्ध गराउँन एनआईसी एसिया बैंकले जगरनाथपुर गाउँपालिकामा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।

गाउँपालिकाको वडा नम्बर २ स्थित जानकीटोलमा बैंकले खुसि मनिट्रान्सफरसँगको सहकार्यमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । बैंकको शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवाग्राहीले विदेश पैसा पठाउँन र विदेशबाट आउँने पैसा निकाल्न सक्नेछन ।

खाडी मुलुकलगायत संसारका अन्य भागमा काम गरिरहेका गाउँवासीहरुले आफ्नो परिवारका लागि पठाएको पैसा पठाउँदा स्थानीय पोखरिया र वीरगञ्ज जान बाध्य हुँदै आएका थिए । 

गाउँमा बैंकिङ्ग सेवा नहुँदा महिला र वृद्ध-वृद्धाहरु हुने गरेको समस्याबाट छुट्कारा दिलाउँन बैंकसँग सहकार्य गरेर शाखारहित बैंकिङ्ग सेवा सुरु गरिएको खुसि मनिट्रान्सफरका सञ्चालक औनितराज रौनियारले बताए ।  

एनआईसी एसिया बैंक लंगडी शाखाको मातहातमा सञ्चालित शाखासहित बैंकिङ्ग सेवाबाट सेवाग्राहीले नयाँ खाता खोल्नेदेखि एक लाख रुपैयाँसम्मको कारोबबर गर्न मिल्ने सुविधा रहेको रौनियारले जानकारी दिए । शाखाबाट क्रमस अन्य सेवाहरु थपिदै जाने उनले बताए ।

शाखाबाट गाउँपालिकाको जगरनाथपुर, पाण्डेपुर्, पिडारीगुठी, खडुचरी, बिजबनिया, दसौता, लक्ष्मीपुर, भिखमपुर, घोडदौर, पिपरा, गुलरियालगायतका स्थानीयले सेवा लिनसक्ने रौनियारले विश्वाश व्यक्त गरे । 

शाखारहित बैंकिङ्ग सेवाको मंगलबार एक समारोह बीच पूर्व गाविस अध्यक्ष एवम् जेष्ट नागरिक विश्वनाथ चौधरी र पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायण रौनियारले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका थिए । 

कार्यक्रममा एनआईसी एसिया बैंक लंगडी शाखाका प्रमुख सचितानन्द चौहान, जानकिटोलाका वाडअधयक्ष प्रभु पटेल, जानकिटोलाका पूर्व गाविस अधयक्ष झकड मियाँ, भिखमपुरका वाडअधयक्ष नन्दलाल पटेल, घोडदौरापिपराका अध्यक्ष ललन कुर्मी, सशस्त्र प्रहरी निरिक्षक किसमान तामाङ, युवा नेता धर्मेन्द्र पटेल, नरेश पटेल, विकाश साह, राजु रौनियार, पवन पटेल, सतेन्द्र कुशवाहा, दिपक पटेल, साबिर मियाँलगायतको उपस्थिति रहेको थियो ।

Back to top