×

वीरगञ्ज १२ मंसिर । पर्साको पोखरिया नगरपालिका वडा नम्बर २ लमरियामा नेपाली कांग्रेसको वडा स्तरिय कार्यकर्ता भेला सम्पन्न भएको छ । 

लमरिया वडा बुथ सभापती लोरिक यादवको सभापतित्वमा भएको भेलालाई सम्बोधन गर्दै पुर्व मन्त्री एवम् नेपाली कांग्रेसका नेता सुरेन्द्र प्रसाद चौधरीले विभिन्न गुट उपगुटमा विभाजित नभई एक ढिका भएर अगाडी बढ्नुपर्नेमा जोड दिए । एकआपसको मतभेदलाई हटाउनुपर्ने आवश्यक्ता उनले औल्याए । 

वर्तमान नेकपाको सरकारले जनतालाई अधिकारको तथा शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन नसकेको बताउँदै आगामी निर्वाचनमा कांग्रेसको विजय सुनिश्चित भएको जिकिर गरे । 

कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापती अजय द्वीबेदी, पुर्ब सांसद रामेश्वर रौनियार, पर्सा जिल्ला क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापती लुकमान अन्सारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए

कार्यक्रममा युवा नेता चन्द्र किसोर प्रसाद चौधरीले स्वागत मन्त्ब्य व्यक्त गरेका थिए ।

Back to top