वीरगञ्ज २८ असोज । नेपाल कम्युनिस्ट पार्टीको कालिकामाई गाउँपालिका कमिटीको आज एक समारोहबीच शपथ ग्रहण सम्पन्न भएको छ ।
कालिकामाई वडा नम्बर ५ मा सम्पन्न एक कार्यक्रमका बीच नेकपा पर्साका अध्यक्ष प्रभु हजराले गाउँपालिका कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि एवम् नेकपा केन्द्रीय सदस्य निर्मला देवकोटाले कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाको संघिय सरकारले अहिले विकाश र समृद्धिका योजनालाई प्राथमिकतामा राखि अघि बढिरहेको बताए ।
कोरोना कहरको समयमामा नागरिकको जीवन रक्षाका लागि सरकारले राहत र उपचारको क्रममा विभिन्न उपलब्धि मुलक काम गरेको बताए ।
कार्यक्रममा प्रदेश सदस्य बाबुराम कौसिक, तेजप्रकाश निषाद, संविधान सभा सदस्य एवम् पूर्व सांसद् जयप्रकाश थारू, राजकुमार गुप्ता, प्रदुमन चौहान, जुनैद अंसारी, जगरनाथपुर गाउपालिका अध्यक्ष जालिम मियाँ, छिपहरमाई गाउपालिका अध्यक्ष मनोज गुप्ता, कालिकामाई गाउपालिका वडा नम्बर ५ का अध्यक्ष पवन तिवारी, जिल्ला कमिटी सदस्य बलिराम साह, शुनिल चौरसियालगायतकाले मन्तव्य राखेका थिए ।
कालिकामाई गाउँपालिका कमिटीका अध्यक्ष शम्भु पालको अध्यक्षतामा कार्यक्रम सम्पन भएको थियो ।