×

वीरगञ्ज २८ असोज । पर्साको पोखरिया नगरपालिका वडा न. ९ बैरिया टोलमा आज निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

जय मा सरस्वति बालक्लबको आयोजना र माट्रिका आइफाउण्डेशनको सहयोगमा निशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

१ सय ४१ जनाको आँखा परिक्षण गर्दा ५३ जनामा मोतियाबिन्दु फेला परेको माट्रिका आइ फाउण्डेशनका नेत्र बिशेषज्ञ डा. महेशसिँह धामिले जानकारी दिनुभयो ।

शिविरको उद्घाटन जनता समाजवादी पार्टीका नेता निजामोदिन समानीले गर्नुभएको थियो । शिविरको उद्घाटन गर्दै नेता समानीले निशुल्क आँखा शिविरले गरीब तथा विपन्न जनताहरुको आँखा परिक्षण तथा उपचारमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

शिविरमा बालक्लबका पदाधिकारी, फाउण्डेशनका डाक्टरहरु, स्थानीय लगायतको उपस्थिती रहेको थियो ।

Back to top