वीरगञ्ज २८ असोज । वीरगञ्जस्थित नारायणी वयाेधा हस्पिटलकाे आयाेजनामा बुधबार भएकाे रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।
हस्पिटल परिसरमा भएकाे कार्यक्रममा १९ महिलासहित ७२ जनाले रक्तदान गरेकाे अस्पतालले जनाएको छ।
कार्यक्रममा सलमा अन्सारी, प्रियान्का पटेल, बबिता अधिकारी, मनाेज पटेल, बृजकिशाेर गुप्ता, रिशवभ बर्मा, सगुन सापकाेटा, बिकास जयसवाल, शम्भु यादव, बादल प्राजुली, मनिष गुप्ता, राहुल राैनियार, साजन साह, नविन गुप्तालगायतकाले रक्तदान गरेकाे अस्पतालले बताएको छ ।
हस्पिटलका सुविधा प्रबन्धक डा. राजनिश भारतीकाे अध्यक्षता र पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे थियाे ।
कार्यक्रममा रक्त संचार केन्द्र वीरगञ्जका प्रमुख साराैभ राज पाण्डे नेतृत्वकाे प्राविधिकहरुकाे टाेलीले प्राविधिक सहयाेग गरेकाे थियाे ।