वीरगन्ज २६ असोज । माट्रिका आई फाउन्डेसन वीरगन्ज र साहिब दरबार सेवाको सहयोगमा आज पर्सागढी नगरपालिका वडा नम्बर ५ पंचरूखीको श्री नेपाल राष्ट्रिय नि.मा.विधालयमा निःशुल्क आँखा शिविर सम्पन भएको छ ।
वीरगन्जमा रहेको माट्रिका आई फाउन्डेसनको सहयोगले संचालन निःशुल्क आँखा शिविरमा ३ सय ३१ जना महिला तथा पुरूषले आफ्नो आँखाको परीक्षण गराएका थिए ।
जस मध्ये १ सय ७५ जनाको आँखामा मोतियाबिन्दु देखिएको माट्रिका आई फाउन्डेसनका डाक्टर महेश सिंह धामीले बताए उनीहरूको यही कार्तिक १५ गते देखि वीरगन्जमा रहेको माट्रिका आई फाउन्डेसनको अस्पतालमा निःशुल्क मोतियाबिन्दुको अप्रेशन गरिनेछ ।
शिविर कार्यक्रममा प्रदेश सभा सदस्य प्रल्हाद गिरी, राजेशमान सिंह, जिल्लाका वरिष्ठ नेताहरू प्रेमबाबु पटेल, सुन्दर कुर्मी, शशिकपूर मियाँ, मुस्तकिम मियाँ, उमेशलाल सहनी, मुकेश द्धिवेदी, आमोल यादव, पर्सागढी नगर अध्यक्ष नितेश मिश्रा र शशि पाण्डे लगायतको उपस्थिति रहेको थियोे । जसपा नेपालको पर्सागढी नगर कार्य समितिको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो ।