×

बीरगन्ज, २५ असोज । बीरगन्जस्थति नारायणी अस्पतालमा गएराति गरिएको परिक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको ९६ जनाको स्वाबको नमुनालाई परिक्षण गर्दा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिने संक्रमितहरु पर्सा, बारा, मकवानपुर र सप्तरी समेतका छन् । संक्रमितहरुमध्ये ८ जना पुरुष र ४ जना महिला हुन् । पर्साका १ जना, बाराका ९ जना, सप्तरीका १ जना र मकवानपुरका १ जना गरी १२ जना हुन् ।पर्साका १ जना बीरगन्ज महानगरपालिका वडा नं. ६ का हुन् ।

उता, बारामा थपिएका संक्रमितमध्यै सबैभन्दा बढी निजगढका छन् । निजगढको एनबीए बैंकका एक कर्मचारी संक्रमित भएका छन् । यस्तै, निजगढ नगरपालिकाको वडा नं. ७ का ३ जना, वडा नं. ९ का १ जना, वडा नं. ६ का १ जना रहेका छन् ।

जीतपुर सिमरा उपमहानगर वडा नं. ३ का १ जनामा संक्रमण भएको छ । पचरौता नगरपालिका वडा नं. २ का २ जना पनि संक्रमित भएका छन् ।

मकवानपुरको हेटौंडा वडा नं. १६ का १ जना र सप्तरीको तिरहूत गाउँपालिकाको वडा नं. ५ को १ जनामा पनि संक्रमण देखिएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेस चौरसियाले जानकारी दिए ।

थपिएका संक्रमितहरु २३ वर्षदेखि ८७ वर्ष उमेर समुहका रहेका छन् । उनीहरुको सिटी भ्यालु १७ देखि २६ सम्म रहेको डा. चौरसियाले जानकारी दिए ।

Back to top