वीरगञ्ज २४ असोज । दशैंको अवसरमा दुर्गा पुजा सेवा समिती रानीघाटको योजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विगत लामो समयदेखि रक्तदान गर्दै दुर्घा पूजा सेवा समितिले आफ्नो परम्परालाई १४ औं पटक खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा ३ महिला सहित ६३ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा रबिता चौधरी, उमा मानन्धर, सुषमा सिंह, निरज गुप्ता, भरत कुमार शर्मा, मनिष तिवारी, मुन्ना कुमार, साजनसिंह राजपुत, रौनक सिंह, प्रमोद कुमार साह, संजय कलवार, राजकुमार चौधरी, हरेन्द्र प्रसाद चौधरी, दिपक प्रसाद कानु, अरबाज आलम, अमृत दुबेदी, नुर आलम, अलिअसगर हवारी, आकाश श्रीवास्तव लगायतकाले रक्तदान गरेका थिए ।