×

वीरगञ्ज २४ असोज । जनता समाजवादी पार्टीको महानगर स्तरीय अगुवा भेला सम्पन्न भएको छ ।

तत्कालिन राष्ट्रिय जनता पार्टीका महानगर अध्यक्ष ओमप्रकाश सर्राफको अध्यक्षतामा सम्पन्न बैठकमा तत्कालिन राजपाका वीरगञ्ज महानगरका ३२ वटै वडाका अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

पार्टीको एकिकरण पछिको बदलिँदो अवस्था र अर्तीको निती तथा कार्यक्रम गाउँगाउँ र टोलटोलमा पुर्‍याउने र जसपालाई देशकै वैकल्पीक शक्ति बनाउनमा यहाँका नेता तथा कार्यकर्ताहरुको पनि उल्लेखनीय सहभागिता हुनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

असोज २६ र २७ गते पार्टिका केन्द्रिय नेतागणको विशेष उपस्थितीमा पर्सामा हुने कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्न जोडतोडका साथ सहभागि हुने निर्णय गरिएको नेता सर्राफले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले पार्टीलाई जनप्रिय बनाउन जनताको समस्याको समाधान गर्दै जानुपर्ने र मधेशको मुद्दालाई सम्बोधन गराउन लागिपर्ने बताएका थिए ।

कार्यक्रममा तत्कालिन राजपाका केन्द्रिय उपाध्यक्ष अधिवक्ता सुरेन्द्र कुर्मी, प्रदेश सांसद्हरु रमेश प्रसाद कुर्मी, डा. अञ्जू कुमारी यादव, जसपाका नेताहरु शिव पटेल, रम्भा मिश्र, मुन्नी श्रीवास्तव, रेखा घिमिरे, तत्कालिन राजपाका जिल्ला अध्यक्ष जगदिश पटेल, जिल्ला सचिव राजेश साह, विरेन्द्र यादव, अनिरुद्ध कलवार, रम्तुल्लाह खान, रासनारायण मिश्र, युवा नेता शेख मुन्न, कमला तिमिल्सीना, महम्मद भोला, विद्यार्थी नेता फिरोज बादशाहलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण नगर कोषाध्यक्ष पन्नालाल पटेलले गरेका थिए भने स्वागत मन्तव्य नगर सचिव सन्जय पटेलले व्यक्त गरेका थिए ।

Back to top