×

वीरगञ्ज २४ असोज । पर्सामा पुष्पलाल मित्रता केन्द्र गठन भएको छ । वीरगञ्जमा शनिबार आयोजित एउटा कार्यक्रममा नेकपाका युवा नेता अरुण यादवको अध्यक्षतामा ३० सदसिया पुष्पलाल मित्रता केन्द्र गठन गरिएको हो ।

नेकपाका केन्द्रीय सदस्य एवम् मित्रता केन्द्रका केन्द्रीय सदस्य दिनेश राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्ला समिति घोषणा गरिएको थियो ।

समितिका उपाध्यक्षमा प्रमोद यादव, महिला उपाध्यक्ष इन्दु घिमिरे, सचिवमा शिवम शाह, कोषाध्यक्ष शिवशङ्कर यादव, सहसचिव इशक कुमार र सुरेश गुप्ता र सदस्यहरुमा सुशिल हजरा, उमेश ठाकुर, गौरव सन्तोष पटेल, रवि भुषण पटेल, भुपेन्द्र साह, अजित साहलगायत सर्वसम्मत रुपमा चयन भएका छन् ।

भेलालाई सम्बोधन गर्दै संविधानसभा सदस्य एवम् नेकपा पर्सा जिल्ला कमिटी सदस्य विचारी यादवले नेकपा पार्टीलाई चैते कम्युनिष्टहरुसँग बचाउनुपर्ने कुरामा जोड दिए । नेकपा भित्र रहेका एउटा पार्टीबाट अर्को पार्टीमा हाम फाली राख्ने केही कम्यूनिष्ट भनाउँदाहरुले पार्टीलाई बद्नाम गरेको आरोप लगाए ।

नेकपाका केन्द्रीय सदस्य एवम् पुष्पलाल मित्रता केन्द्रका केन्द्रीय सदस्य दिनेश राईले मित्रता केन्द्रले समाजमा क्रान्तिका लागि उदाहरणीय भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेकपाका जिल्ला कमिटी सदस्य मनोज चौधरी, राजेन्द्र यादव, रामबाबु यादव, पुष्पलाल मित्रता केन्द्र प्रदेश नं २ का सदस्य बृजलाल पासवान, दुर्गा क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।

Back to top