×

वीरगञ्ज २१ असोज । बारामा प्रहरीको मिलोमतोमा ब्यापक तस्करी भइरहेको पाइएको छ । सरकारले कोरोनाभाइरस नियनत्रण तथा रोकथामका लागि भारतसँग जोडिएका सम्पूर्ण सिमा नाकाहरु सिल गरेको भएपनि प्रहरीको लापरवाहीको कारण तस्करी मौलाएको हो ।

बाराको महागढीमाई नगरपालिकामा पर्ने इनर्वा, ब्रह्मपुरी र स्वर्ण गाउँपालिका क्षेत्रसँग जोडिएका सिमावर्ती क्षेत्रमा अवैध बाटोप्रयोग गर्दै दैनिक लाखौँको तस्करी भइरहेको छ । तस्करहरुले प्रहरीको सहयोगमा दैनिक राजश्व छली गर्दै खाद्यान, चिनी, टिना तेल, आलु, प्याज, लत्ताकपडा, कस्मेटिक आइटम, इलेक्ट्रोक सामग्री, गुट्खा, हार्डवेयरलगायतका सामग्री नेपाल भित्र्याइरहेका छन् ।

त्यसतै प्रतिबन्धीत लागुऔषध गाँजा, चरेश तथा छोकडा, मरिच, इन्धनलगायातका सामग्रीहरु नेपालबाट भारत तस्करी भइरहेको छ ।

सिमा नाकाबाट हुने तस्करीमा इलाका प्रहरी कार्यालय कवही, तेलकुवा प्रहरी चौकी, चरमोहना प्रहरी चौकी, सशस्त्र क्याम्प मंझरीया, बरियापुर प्रहरी चौकी, गञ्जभवानी प्रहरी चौकीलगायतको सशस्त्र तथा नेपाल प्रहरीका युनिटहरुकै संलग्नता रहेको स्थानीयहरु बताउँछन् । स्थानीयहरुका अनुसार प्रहरीले तस्करहरुसँग आर्थिक लाभ लिएर खुल्ला रुपमा तस्करी गर्न दिरहेका छन् ।

राजश्व छली गर्दै तस्करहरुसँग विशेष साठगाठ गर्नेमा इलाका प्रहरी कार्यालय कवहीगोठका प्रहरी नाबक निरीक्षक बिरेन्द्र गिरी, प्रहरी चौकी बरियापुरका प्रहरी सहायक निरीक्षक प्रमोद साह, त्यसैगरी गंञ्जभवानीपुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक बावु साहेब लगायतकाको संलग्नता छ ।

प्रहरी युनिट तथा सशस्त्र प्रहरी क्याम्प मंझरीया तथा बरियापुरमा रहेको सशस्त्र प्रहरी युनिटले महिनाको लाखौं भन्दा बढी रुपैँया तस्करसँग असुली गरिरहेका छन् । मोटो रकम बुझेका कारण तस्करहरुले साइकलदेखि ट्रयाकटर र पिकअप भ्यानसम्म प्रयोग गरेर सामान ओसार-पोसार गर्ने गरेका छन् ।

प्रहरीले प्रति साइकल दुई हजार मासिक बुझ्ने गरेको स्थानीय बताउँछन् । त्यस्तै मोटरसाइकल तथा चारपांग्रे गाडीहरुसँग पाँच हजारदेखि ५० हजार मासिकसम्म प्रहरीले पाउने गरेको स्रोतको दावी छ ।

नेपालका मुख्य पर्वहरु नजिकिँदै जाँदा सिमा क्षेत्रमा तस्करहरु थप सक्रिया भएका छन् ।

सिमा नाकाहरुमा सुरक्षा बन्दोबस्ती राम्रो नहुँदा बाराका ग्रामिण क्षेत्रमा अपराधका घट्ना समेत बढेको गुनासो आउने गरेको छ । तस्करी बारे भने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी अधिकृतहरु अनिवीज्ञ रहेका प्रतिक्रिया दिनेगरेका छन् । तर, तस्करहरुबाट उठेको रकम प्रहरीका वरिष्ठ अधिकृतसम्म पुग्ने गरेको स्रोतको दावी छ ।

Back to top