वीरगन्ज २० असोज । विभिन्न संचार माध्यमबाट शिवम ह्याचरी फार्म बारे समाचार आए देखेर शिवम ह्याचरी फार्मका संचालक शिवजी कलवारको ध्यान आर्काष्ण भएको छ ।
मेरो ह्याचरी फार्म अहिले निर्माण अवस्थामा नै रहेकोले कुनै किसीमको दुर्गन्ध र झिङ्गाको प्रकोपले बताबरण दुर्गन्धित नपारेको, मानव जिवनमा पनि कुनै असर नपारेको र पशुपन्क्षी बालीनालीमा कुनै पनि असर नपारेको भन्दै यदी मेरोे ह्याचरी फार्मबाट कुनै किसीमको गाँउ बासीलाई समस्या छ भने म गाउँ बासीसंग बसेर समस्या सामाधान गर्न तैयार रहेको यात्रा डेलीसंग कुरा गर्दै शिवम ह्याचरी फार्मका संचालक शिवजी कलवारले बताएका छन् ।
केहि ब्यक्तीले बेक्तीगत सर्वाथका कारण ह्याचरी फार्मलाई बदनाम गर्न खोजेको छन जबकी यस ह्याचरी फार्मले गाँउका सयै मानिसलाई रोजगारी दिएको छ , कलवारले भने ।
यता शिवम ह्याचरी फार्मका कारण ३ किलो मिटर सम्मको वरिपरि रहेको रङ्गपुर, गादी, सोनबर्सा, कन्चनपुर, बैरिया, बैधनाथपुर, लगाएत वडा नम्बर १, २ र ३ का सम्पुर्ण मानव बस्तिहरु प्रभावित भएको वडा नम्बर, १ का वडाध्यक्ष फरमान मियाँ र २ का वडाध्यक्ष बिजय गैरेले आरोप लगाएका छन ।
आईतबार दुई दर्जन भन्दा बढी गाउँका महिला र पुरुषहरु ह्याचरी बारे आफ्नो समस्या लिएर न्यायको लागि गाँउ पालिकाको न्यायिक समितीका उपप्रमुख ममता महतोका पुगेका थिए महतोको रोहबरमा छलफलमा शिवम ह्याचरी फर्मको प्रतिनिधि कपिल पोख्रेल आएका थिए छलफलमा पोख्रेलले ह्याचरी सरकारको सम्पुर्ण मापदणड तथा स्थानियको दायरामा रही संचालन गरेका बताए तै पनि यदि यस ह्याचरी फर्मबाट कुनै किसमिको समस्या छ भने हामी समाधान गर्न तैयार रहेको पोख्रेलले भने ।