×

वीरगञ्ज १९ असोज । वीरगञ्जस्थित नारायणी अस्पतालमा गएराति गरिएको पिसिआर परिक्षणमा जम्मा ८ जनामा कोरोनाभाइरस संक्रमण आर्थात कोभिड-१९ पुष्टि भएको छ ।

निषेधाज्ञा र लकडाउन खुकुलो भएर स्थानीयहरुको जीवन पुन: आफ्नो लयमा फर्किँदापनि संक्रमितको संख्या घट्नु शुभ संकेत हो । तर यहाँ संक्रमितहरुको संख्या घट्ने कारण भने टेस्टिङको दायरामा कमि आउनु हो ।

पछिल्लो समय नारायणी अस्पतालको प्रयोशालमा टेस्टिङको संख्या घट्दै गएको छ । दैनिक हजारवटा टेस्टिङ गर्न सक्ने क्षमता बोकेको अस्पतालमा अहिले भने बढीमा सय वटा भन्दापनि कम टेस्टिङ भइरहेको छ ।

आइतबार राति नारायणी अस्पतालमा गरिएको परिक्क्षणमा संक्रमण पुष्टि भएका ८ जनामध्ये ३ जना पर्सा, ४ जना बारा र १ जना सर्लाहीका बासिन्दा रहेको अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ का एक जना २७ वर्षीय एक पुरुष र जिराभावानी गाउँपालिका वडा नम्बर ३ का एक जना २४ वर्षीय र वडा नम्बर १ का एक जना ३८ वर्षीय पुरुष रहेको उनले बताए ।

प्रवक्ता डाक्टर चौरसियाले बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का एक जना २८ वर्षीय पुरुष, करैयामाई गाउँपालिकाका एक जना २२ वर्षीय पुरुष र सदरमुकाम कलैया उपमहानगरपालिकाका एक जना २२ वर्षीय पुरुष रहेको जनाए ।

उनले सर्लाहीको बलरा नगरपालिकाको वडा नम्बर ११ का एक जना २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको जानकारी दिए ।

थपिएका संक्रमितहरु २२ वर्षदेखि ७० वर्ष उमेर समुहसम्मका रहेको डाक्टर चौरसियाले बताए । उनीहरुको सिटि भ्यालु १८ देखि ३० सम्म रहेको छ ।

Back to top