वीरगन्ज १८ असोज । नेपाली कांग्रेसका नेताहरुमध्ये केहिलाई कोरोना संक्रमण भएको छ।
नेपाली कांग्रेसले आफ्ना केन्द्रीय पदाधिकारी र सदस्यहरु, उनीहरुको सुरक्षाकर्मी र चालकको शुक्रवार स्वाब परिक्षण गराएको थियो । १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि १ सय ६७ केन्द्रीय सदस्यसहित २ सय ४० जनाको स्वाब संकलन गरिएको थियो ।
परिक्षण गराएका मध्ये कांग्रेस नेता अर्जुननरसिंह केसी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, गगन कुमार थापालाई कोरोना संक्रमण पुष्टी भएको हो । यसैगरि नेताहरु शम्भुलाल श्रेष्ठ, अनिता चौधरी सहित ७० जनालाई पनि कोरोना संक्रमण भएको छ।
आफूले स्वाब परिक्षण गराएको रिपोर्ट मिडियाबाट थाहा पाउनु दुखद भएको केसीले बताए । उनले भनेका छन्, ‘ १५ गते नेका पार्टी अफिसमा गरिएको स्वाब संकलनमा कोभीड १९ पोजेटिभ भएको रिपोर्ट संचारमाध्यमबाट थाहा भयो । पार्टीबाट अझै खबर नहुनु दुःखद र खेदजनक छ। आजैदेखि सेल्फ क्वारेन्टाइनमा छु। मसंग सम्पर्कमा रहनु भएको साथीहरूलाई परीक्षण गर्न र मेरो स्वास्थ्य ठिक रहेको कुरा आग्रह गर्दछु।’
नेता रिजाल कोरोना संक्रमित भएको नेपाली कांग्रेस पर्सा क्षेत्र नं। ४ का सचिव श्रीकान्त यादवले सामाजिक संजाल मार्फत सार्वजनीक गर्नु भएको हो । नेता रिजाल कोरोना संक्रमित भएपनि कुनै किसिमको लक्षण नभएको उहाँले जानकारी दिनु भयो ।
शनिबार सांझ रिपोर्ट पोजिटिभ आएपछि नेता रिजाल वीरगंज स्थित घरमा आइसोलेसमा बस्नु भएको छ । उहाँको सम्पर्कमा आउनु भएका सबैलाई आवश्यक परिक्षणलागि सहयोग गर्न र सर्तकता अप्नाउन समेत उहाँले अपिल गर्नु भएको छ ।
केसीले परिक्षण गराएका ब्यक्तिहरुलाई जानकारी दिनुअघी पार्टी कार्यालयबाट मिडियामा सूचना चुहाएर गलत काम भएकोमा पार्टी कार्यालयका मुख्य सचिवको आलोचना गरे।
कांग्रेसले सोमबार केन्द्रीय समिति बैठक बोलाएको थियो। धेरै सदस्यहरुलाई संक्रमण भएपछि बैठक समेत अनिश्चित बनेको छ।