×

वीरगञ्ज १६ असोज । विगत ६ महिना भन्दापनि बढी समयदेखि बन्द रहेको नेपाल भारत सिमा नाकालाई सहज बनाउन पर्साको सरोकारवालाहरुले प्रस्ताव गरेका छन् ।

कोरोनाभाइरस महामारी नेपाल भित्रिएसँगै बन्द गरिएको नेपाल(भारत सिमा नाकाका कारण जनजीवन कष्टकर बन्दी गएको बताउँदै स्थानीय सांसद्, स्थानीय पालिकाका प्रमुख, उद्योगी, व्यवसायी, प्राध्यापकलगायतले प्रस्ताव राखेका छन् ।

उनीहरुले उच्च सतर्कताका साथ् सिमानाकाहरुलाई क्रमस खोल्दै जानुपर्ने सुझाव दिएका हुन् ।

वीरगञ्ज उधोग वाणिज्य संघका पुर्व अध्यक्ष तथा नेपाल भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष अशोक बैधले नेपाल सरकारले भारतीय सीमालाई उच्च सतर्कता अपनाएर खोल्नुपर्ने प्रस्ताव गरेका छन् । उनले हवाई यातायात मार्फत दैनिक हजारौँ व्यक्ति विभिन्न मुलुकबाट नेपाल भित्रि रहेको बेला स्थल मार्गबाट पनि आवत जावत सहज बनाउनुपर्ने धारण राखेका हुन् ।

उनले स्वास्थ्य सुरक्षाको मापडण्डलाई अपनाई सिमा नाका खोलनु पर्ने बताए । सिमाहरुलाई सहज नाबनाउँदा चोर बाटो प्रयोग गरी सर्वसाधारण नेपाल भित्रिनुपरेको उनले गुनासो गरे । ’हामीले सिमा नाकामा जति कडाई गरेपनि चोरबाटो प्रयोग गरेर मान्छेहरु सहजै आवत जावत गर्दै छन्,’ बैधले भने, ’अब समय आएको छ उच्च सुरक्षा सतर्कता अपनाउँदै हामीले क्रमस सिमाहरुमा रहेको रोकलाई खुकुलो गर्दै लग्नु पर्छ ।’

सिमाहरुलाई खुकुलो गरेर यात्रुहरुको अभिलेखीकरण राख्दा संक्रमणलाई नियन्त्रण गर्न सरल हुने उनले सुझाव दिए । बैधले चोर बाटो प्रयोग गरेर स्थानीयहरु आउँदा उनीहरुले संक्रमण फैलाउने सम्भावना झन् बढी रहेको समस्या औल्याए ।

बैधले सिमानाका बन्द हुँदा तराई(मधेसका सम्पूर्ण जिल्लाहरुमा हुने दैनिक औद्योगिक कारोबार र पर्यटन व्यसाय समस्या आएको बताए । उद्योगी बैधले वीरगञ्ज–रक्सौल नाका खोलिंदा पर्सालाई मात्र नभएर सम्पूर्ण प्रदेशलाइ फाइदा हुनसक्ने बताए ।

त्यसतै वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले उचित पिसिआर जाँच र सुरक्षा मापदण्डको व्यवस्था गरेर सिमामा आवत जावतलाई सहज बनाउनुको विकल्प नरहेको बताए । उनले सिमा सिल हुँदा सबैभन्दा धेरै उद्योगी र व्यवसायी मार्कामा परेको दुःखेसो पोखे ।

’सिमा बन्द हुँदा यहाँका उद्योगमा काम गर्ने प्राविधिक व्यक्ति नआउँदा हामीले उद्योग पूर्ण रुपमा सुचारु गर्न सकेका छैनौँ । उपचारको लागि भारत जानुपर्ने हजारौँ व्यक्तिको ज्यान जान सक्ने जोखिम बढेको छ । अन्य धेरै समस्या छन्,’ गुप्ताले भने, ’बन्द समाधान होइन, यसको विकल्प खोजौं नभए हामी ठुलो सङ्कटमा फस्छौं ।’

वीरगञ्ज पब्लिक कलेजका सञ्चालक प्रा. डा. दीपक शाक्यले सबै क्षेत्र खुलिसकेको बेला सिमा नाकालाई बन्द गर्नको कुनै औचित्य नरहेको बताए । उनले दशैं, तिहार र छठको लागि हजारौँ मान्छे नेपाल आउनुपर्ने रहेकोले उनीहरुलाई सिमानाकाहरु खोलेर मात्र भित्र्याउनुपर्ने सल्लहा दिए ।

’हाम्रो सिमा ठुलो छ, जति नियन्त्रण गर्न खोजेपनि मान्छे आइहाल्छन, त्यसैले अब व्यवस्थित ढंगबाट हामीले आवत जावत गर्ने समाधान तर्फ लाग्नु पर्छ । यसरी गर्दा सबैको अभिलेख हामीसँग रहन्छ र पछि उनीहरुलाई खोज्नपनि सहज हुन्छ,’ उनले भने, ’चोरबाटो बाट आउनेहरुसँग उल्टा डर बढी छ ।’

प्रदेश २ का सम्पूर्ण ब्यपार व्यवसाय तथा पर्यटकीय गन्तव्यलाई नयाँ पहिचान र प्रवर्द्धन गरी अगामी दिनमा अघि बढदै पुनः ब्यपार व्यवसाय तथा पर्यटन व्यवसायलाई ’बुस्ट अप’ गर्नुपर्ने वीरगंज आर्थिक नगरीसँगै औद्योगिक करिडोर भएको साथसाथै, नेपालकै छोटो नाका भएकाले पनि ब्यपार व्यवसाय तथा पर्यटन व्यवसायमा यो क्षेत्रको ठूलो योगदान रहेको छ शाक्यले भने ।

त्यसैगरी वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमा सरावगीले केहिदिन अगाडी एउटा कार्यक्रममा सिमानाका खोल्नुपर्ने बताएका थिए । उनले सिमा बन्द रहँदा विभिन्न क्षेत्रमा लागेको करोडौँ रकम जोखिममा रहेको बताउँदै आवश्यक मापदण्डलाई अपनाएर बन्द सिमानाका छिटोभन्दा छिटो खोल्नुपर्ने सुझाव दिएका थिए ।

 

Back to top