वीरगञ्ज १६ असोज । पर्सामा आर्मी जवानीसहित थप २३ जनामा कोरोनाभाइरस अर्थात कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गएरति भएको परिक्षण अनुसार पर्साका २३ जनासहित थप ३३ जनामा संक्रमण पुष्टि भएको हो । बाकी थपिएका संक्रमित बारा र सर्लाहीका बासिन्दा हुन् ।
अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार बिहिवार अस्पतालको पिसिआर प्रयोगशाला विभिन्न स्थानबाट संकलन गरेर ल्याइएको २ सय २ जनाको परिक्षण गर्दा ९ जना महिलासहित ३३ जनामा संक्रमण पुष्ठि भएको हो ।
पर्साका १ सय ७८ जना र बाराका २४ जनाको परिक्षण गरिएकोमा बाराका ९, पर्साका २३ र सिराहाको लहानका १ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डाक्टर चौरसियाले जानकारी दिए ।
पर्सामा थपिएका संक्रमितहरुमा कालिकामाई गाउँपालिका वडा नम्बर १ का सात जना, २ का दुई जना र वडा नम्बर ३ र ४ का एक/एक जना रहेका छन् । त्यसैगरी सखुवाप्रसौनि गाउँपालिका वडा नम्बर १ मा तिन जना, धोविनि गाउँपालिका वडा नम्बर २ मा एक जना र पोखरीया नगरपालिका वडा नम्बर १ का दुई जना रहेका छन् ।
यता वीरगञ्ज महानगरपालिका वडा नब्मर २, ८, ११ मा एक/एक जना र वडा नखुलेका १ जना संक्रमित थपिएको डा. चौरसियाले बताए । त्यस्तै आर्मी ब्यारेक वीरगञ्जका १ जनामा पनि संक्रमण पुष्ठि भएको उनले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बाराका दुई जनासहित बारामा ९ जना संक्रमित थपिएका छन् ।
थपिएका संक्रमितहरुको सिटि भ्यालु १८ देखी ३५ सम्म रहेको अस्पतालका प्रवक्ता डाक्टर चौरसियाले बताए ।