×

वीरगञ्ज १५ असोज । वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगञ्ज स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालद्वारा सञ्चालित बाबा होटल आइसोलेनमा उपचाररत रौतहटका कोरोना संक्रमित वृद्धको मृत्यु भएको हो ।

अस्पतालले दिएको जानकारी अनुसार असोज ९ गतेबाट अस्पतालमा भर्ना भएका वृद्धको आज बिहान साढे ८ बजे तिर मृत्यु भएको हो । अस्पताल भर्ना हुनुभन्दा एक दिन अगाडि अर्थात् असोज ८ गते उनमा संक्रमण पुष्टि भएको थियो ।

मृतक वृद्ध राैतहटकाे इशनाथ नगरपालिका वडा नम्बर ४ महुलियाका ७४ बर्षिय पुरुष रहेका छन् ।

लामो समयदेखि मुटु सम्बधि रोगबाट ग्रसित वृद्धको अस्पतालमा रहेको आइसियूमा राखेर उपचार चलिरहेको थियो । उनको शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको अस्पतालले जनाएको छ ।

Back to top