×

वीरगञ्ज १५ असोज । अवैध रुपमा नेपाल भित्र्याएर प्रयोग भइरहेको भारतीय सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा र सरकारले गरेको सिमानाका सिल वावजुदपनि चोरी पैठारी गरेर भित्र्याएको भारतीय नम्बर प्लेटको दुई वटा गाडी प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारतबाट अवैध बाटो प्रयोग गर्दै नेपाल भित्र्याएर भारतीय गाडी प्रयोग भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलिले आइतबार (असोज ११ गते) वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित चालिस फिट्टे सडक खण्डमा अलपत्र अवस्थामा पार्क गरेर राखिएको एउटा ह्युन्डाइ कम्पनिको कार र एउटा महिन्द्रा कम्पनिको स्कर्पियो गाडी नियन्त्रणमा लिएको थियो ।

प्रहरीले विआर ३ आइजे ३६८१ नम्बरको कार र विआर ०५ पीए ८४५६ नम्बरको स्कर्पियो गाडी नियन्त्रणमा लिएको जनाएको छ ।

गाडी नियन्त्रण लिए पश्चात स्थानीयहरुलाई सोधपुछ गर्दा कसैले हकदावी नगरेको र पछि जिल्ला प्रहरी कार्यालयमा आएर समेत कसैले गाडीहरुको स्वामित्व नस्विकारेपछि गाडीहरुलाई आवश्यक कारवाहीकालागि भन्सार कार्यालय वीरगञ्ज पठाईएको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार दुवै गाडीको मूल्य लगभग ४० लाख रहेको छ । अवैध बाटो प्रयोग गरेर नेपाल भित्र्याइएको भारतीय गाडीको प्रयोग बढेपछि प्रहरीले कारवाही सुरु गरेको छ । यसअघिपनि प्रहरीले केहि भारतीय गाडीहरु नियन्त्रणमा लिएको जनाएको छ ।

Back to top