×

वीरगञ्ज ५ असोज । बहु चर्चित टायर ब्राण्ड अपोलोको नयाँ सोरुम कलैयामा पनि खुलेको छ ।

ठुला सवारीसाधन र मालवाहक गाडीहरुमा प्रयोग हुने बहुचर्चित अपोलो ब्राण्डको टायर सोरूम इहाना ट्रेडिङ कलैया उपमहानगरपालिकास्थित बरियारपूर रोडमा खुलेको हो ।

सोरुमको आइतबार (आज) एक कार्यक्रम बीच विधिवाद रुपमा उद्घाटन गरिएको छ । सोरुमको रिबन काटेर कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादवले गरेका थिए ।

बरियारपूर रोडमा सिद्दार्थ बैंक नजिकै खुलेको सोरुममा अपोलो कम्पनिले उपलब्ध गराउने हरेक किसिमको ट्यार, ट्युर र अन्य सामग्रीहरु उपलब्ध उने सञ्चालक नैमोदीन अन्सारीले बताए ।

उनले इहान ट्रेडिङ खुलेको कारण यहाँका गाडी धनिहरुलाई अन्य स्थान गएर महँगो दरमा टायर किन्ने झनझटबाट छुटकारा पाएको बताए ।

Back to top