वीरगञ्ज ४ असोज । जनता समाजवादी पार्टीका नेता शिव पटेलले मधेसी जनतालाई अहिले अधिकार प्राप्त नभएको बताएका छन् ।
वीरगञ्जको एउटा स्थनीय रेडियोमा अन्तर्वार्ता दिँदै नेता पटेलले मधेसी जनताको अधिकार सम्पन्न नभएसम्म आन्दोलन र विरोधका कार्यक्रम जारी रहने बताए ।
तत्कालिन राजपा नेपालका केन्द्रिय महासचिवसमेत रहेका नेता पटेलले संविधान पुर्ण रुपमा मान्निदन भन्नु भनेको देशमै नरहने भएको हुदाँ अहिले संविधानले दिएको अधिकारहरुलाई आत्मसात गर्दै वाकी अधिकारकालागि संघर्ष गर्नु विकल्प मधेसी जनतासँग नरहेको बताए ।
मधेसी शहिदको सपना अलिहेपनि पुरा नभएको वताउँदै नेता पटेलले वर्षमा एक पटक शहिदको शालिकमा फुल माला चढाएर उनीहरुको सम्मान नहुने बताए । एक फरक प्रसङ्गमा उनले प्रदेश २ को सरकारले जनभावना अनुसार काम गर्न नसकेको बताउँदै सरकार परिवर्तन अथवा मन्त्रीमण्डल हेरफेरको बहस पार्टीमा चलिरहेको दावीसमेत गरे ।
जसपा पर्साका कति जना अध्यक्ष छन्? भन्ने प्रश्नको पटेलले अहिले सबै कमिटीहरु भङ्ग रहेको अवस्थामा छ, कसैले आफुलाई अध्यक्ष भन्नुलाई राजनीतिक चेतनाको कमीको संज्ञा दिए ।
पटेलले अहिले पार्टीको ५१ सदस्य केन्द्रिय कमिटी नै सर्वपरी रहेको र केन्द्रदेखि स्थानिय तहसम्मको एकताको समायोजन प्रक्रिया छिटै अगाडी बढने जानकारी गराए ।