वीरगञ्ज २८ भदौं । पर्सा र बारामा थप ६ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । नारयानी अस्पतालको प्रयोगशालामा शनिबार राति २ सय ९० जनाको थ्रोट स्वाबको नमुनालाई परिक्षण गर्दा पर्सा र बारामा थप ६ जना संक्रमित थपिएका हुन् ।
संक्रमितमध्ये पर्साका ३ जना र बराकापनि ३ जना रहेका छन् । पर्सामा थपिने संक्रमितमध्ये एक जना वीरगञ्जस्थित आर्मी क्वाटरमा बस्ने व्यक्ति रहेका छन् भने अन्य दुई जना वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का बासिन्दा हुन् ।
त्यसैगरी बारामा थपिएका संक्रमितमध्ये एक जना कलैया उपमहानगरपालिका वडा नम्बर ४ का बासिन्दा रहेका छन् भने अन्य दुई जना कोल्भी गाउँपालिकाको बासिन्दा हुन् । शनिबार राति थपिएका सम्पूर्ण संक्रमितहरु पुरुष रहेका छन् ।
२० वर्षदेखि ६० वर्ष उमेर समुहसम्म रहेका संक्रमितहरुको सिटि भ्यालु १७ देखि २९ सम्म रहेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए ।