×

वीरगञ्ज २६ भदौं । ह्युमन रिसोर्सेस सोसाईटी नेपालको आयोजनामा 'द हैबिट इन्स्टलेसन प्रोटोकल' विषयमा प्रशिक्षण सम्पन्न भएको छ ।

भर्चुवल माध्यम मार्फत आयोजित प्रशिक्षण कार्यक्रम शुक्रवार सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश नं. को विभिन्न संघ संस्था र म्यानेजमेन्ट कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सोसाईटीका कार्यकारी सदस्य तथा प्रदेश नं. २ का प्रतिनिधी अनिल जायसवालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा ७८ जनाभन्दा बढीले सहभागिता देखाएका थिए ।

कार्यक्रममा तराईको शिक्षा विकासको क्षेत्रका प्रतिष्ठित व्यक्ति सेली डटकम वीरगञ्जका प्रमुख तथा ग्लेसियर इन्टरनेसनल कलेज काठमाडौँका निर्देशक राजेन्द्र प्रसाद कोईरालाले प्रशिक्षण दिएका थिए ।

कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको ह्युमन रिसोर्सेस सोसाईटी नेपालका अध्यक्ष मोहन ओझाले जानकारी दिए ।

Back to top