×

वीरगञ्ज २६ भदौं । प्रहरीले बारा जिल्लाबाट १५ हजार केजी अवैध केराउ बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा वीरगञ्जबाट बाराको सिम्रौनगढतर्फ जाँदै गरेको अवस्थामा प्रहारीले ट्रकसहित १५ हजार केजी केराउ बरामद गरेको हो ।

ससस्त्र प्रहरी बेस क्याम्प बरियारपूरबाट खटेको टोलिले विशेष सूचनाको आधारमा ना ४ ख ७८८२ नम्बरको ट्रकलाई चेकजाँच गर्दा ३०० बोरा केराउ नियन्त्रणमा लिएको छ ।

प्रहरीले ५० केजीको ३०० सय बोरा केराजसहति ट्रक बरामद गरेको सशस्त्र बेस क्याम्प बरियारपुरबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश पाण्डेले जानकारी दिए ।

बरामद केराउको बजार मुल्य करिब ७ लाख ५० हजार बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद भएको केराउ, ट्रक र चालकलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथैलयामा पठाइएको प्रहरीले बतायो ।

Back to top