वीरगञ्ज २५ भदौं । बाराका पत्रकार बिरेन्द्र साहको हत्यामा संमलग्न रहेका आर्का अभियुक्त हरेराम पटेल पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराको टोलीले बाराको कोल्वी नगरपालिका सपहीबाट पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पटेल लुकीछिपी कोल्वी र निजगढ आपसापको क्षेत्रमा वस्दै आएको विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटेको प्रहरी गस्ती टोलीले कोल्वी नगरपालिकाको वडा नं. ७ सपहीबाट पटेललाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले बताए ।
१३ बर्षपछि पटेल प्रहरीले पक्राउ गर्न सफल भएको छ । यसअघि बारा प्रहरीले मनोज गिरी, रामएकवाल सहनी र कुन्दन फौज्दारलाई पक्राउगरी सकेको छ । पत्रकार साहको हत्यामा संमलग्न रहेका अर्का एक दोषी लालबहादुर चौधरी धामी भने अहिलेपनि फरार रहेका छन् ।
पक्राउ परेका पटेललाई भोली पिसिआर परिक्षण गराई अदालत पेश गरिने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ परेका मध्ये रामएकवाल सहनी र मनेजर गिरीलाइ अदालतले सर्वसहित जन्मकैदको फैसला सुनाएको छ । उनीहरु कारागारमा सजाए काटी रहेका छन् ।
प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बाराका प्रहरी उपरीक्षको कमाण्ड समालेको एक महिना भित्र कुन्दन फौज्दारलाई पक्राउ गर्न सफल भएका थिए । पछिल्लो पटक उनकै नेतृत्वमा रहेको बारा प्रहरीले पटेललाई पक्राउ गरेको छ । पटेल माथी अन्य लुटपाट तथा अपहरण लगायतका मुद्दाहरु रहेको बारा प्रहरीले जनाएको छ ।
तत्कालीन माओवादीले १८ असोज २०६४ मा बारा इनर्वासिरा–८ बस्ने ३४ बर्षका पत्रकार बिरेन्द्र साहको अपहरण गरी हत्या गरेक थिए ।
तत्कालीन उम्जन गाविस पिप्रा बसतपुरबाट अपहरणमा परेका पत्रकार विरेन्द्र साहको शव २२ कात्तिकमा साविकको डुमरवाना–७ स्थित जंगलमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको थियो ।