वीरगञ्ज २५ भदौं । लायन्स क्लब अफ वीरगञ्ज ग्रीन क्याम्पस, सेन्ट्रल सिटी र रिलिफ सोसाइटी अफ कमर्स वीरगञ्जको आर्थिक सहयोग एवं लायन्स क्लब अफ होली स्माइल काठमाडौंको सहकार्यमा बुधवार परवानीपुरस्थित लिपनीमाल वडा नं. ३ का अति विपन्न ५० परिवारलाई आवश्यक खाद्यान्न सामग्री वितरण गरिएको छ ।
कोरोना महामारीको समयमा सरकारद्वारा कायम गरिएको लकडाउनका कारण आर्थिक समस्यामा परेका परवानीपुर स्थित लिपनीमाल वडा नं. ३ का ५० जना अति विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री लगायत सेनेटाइजर र मास्क वितरण गरिएको हो ।
लायन्स क्लब अफ वीरगञ्ज ग्रीन क्याम्पसका अध्यक्ष लायन प्रजय अग्रवाल र लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीकी अध्यक्ष लायन आश्मा सिंह यादवको अध्यक्षतामा भएको खाद्यान्न वितरण कार्यक्रममा प्रत्येक परिवारलाई १५ केजी चामल, तीन किलो दाल, दुई किलो प्याज, तीन किलो आलु, एक प्याकेट सोयाबिन, एक लिटर खाने तेल, तीन प्याकेट मसाला, एक प्याकेट नुन, साबुन, सेनेटाइजर र मास्क वितरण गरिएको थियो ।
खाद्यान्न सामग्री वितरण कार्यक्रममा लायन्स क्लबका डिष्ट्रिक्ट डेपुटी ट्रेजर लायन उमेश साह कानु, एरिया को–चीफ लायन विनय बंशल, रिजन चेयरपर्सन पिएमजेएफ लायन उमेश शर्मा, जोन चेयरपर्सन लायन गुड्डी जोशी, डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन विजय कुशवाहा, लायन्स क्लब अफ वीरगञ्ज ग्रीन क्याम्पसका प्रथम उपाध्यक्ष लायन किरणकुमार अग्रवाल, सचिव लायन धिरज गुप्ता, कार्यक्रम संयोजक लायन अमित शर्मा, समाजसेवी मनोज यादव, विश्वम्भर मल्ल लगायत स्थानिय बासिन्दाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ वीरगञ्ज ग्रीन क्याम्पसका सचिव लायन धिरज गुप्ताले गरेका थिए ।