वीरगञ्ज २४ भदौं । स्वर्गीय विश्वेश्वर प्रसाद कोइरालाको १०७ औं जन्म ज्यन्तिकाे उपलक्ष्यमा नेपाली काङ्ग्रेस पर्साले विभिन्न कार्यक्रमहरु गरेको छ ।
काङ्ग्रेस पर्साले मुर्लीस्थित पार्टी कार्यालयमा विपीको १०७ औँ जन्म जयन्तिको अवसरमा स्मृति कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा उपस्थित नेता तथा कार्याकर्ताहरुले विपी कोइरालाले नेपालमा प्रजातन्त्र स्थपनाका लागि गरेको योगदानका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा बोल्दै वक्ताहरुले नेपालमा आएको गणतन्त्र र प्रजातन्त्र स्थापनामा विपीको योगदानको कसैसँग तुलना गर्ननसकिने बताएका थिए ।
नेपाली काङ्ग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीको सभापतित्वमा भएको कार्यक्रममा उप-सभापति दिना गुप्ता, प्रकाश उपाध्याय, सचिव श्याम पटेल, शुभेच्छुक सङ्घ संस्था समन्वय विभागका सदस्य श्याम पाेखरेल, तराई मधेस समन्वय बिभागका सदस्य नरेन्द्र शाह, सह-सचिव राेशन लामिछाने, किरण सरकार, क्षेत्रीय सभापति अरविन्द गुप्ता, प्रदेशसभा सभापति शैलेन्द्र उपाध्याय, जिल्ला सदस्यहरु रामबाबु पटेल, बैकुण्ठ श्रीवास्तव, नेविसंघका पुर्व केन्द्रीय सदस्य सुधीर पटेल, वद्री नारायण तिवारी, पटेर्वा सुगाैलि गाउँपालिकाकी उपाध्यक्ष ममता महताे, वडा अध्यक्ष दशरथ पटेल, मनाेजा चाैधरी, वडा सभापति अनिल सिह, बलराम शुक्लालगायतका पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।