×

वीरगञ्ज २२ भदौं । वीरगञ्जमा उपचाररत बाराको कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालको मातहातमा रहेको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचाररत बारा जिल्लाका एक ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर १० गञ्जभवानीपुरका निवासी रहेको नारायणी अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालका प्रवक्ता एवं वरिष्ठ चिकित्सक डाक्टर अतुलेशकुमार चौरसियाका अनुसार कोरोना संक्रमित उक्त पुरुषको हृदयघातबाट मृत्यु भएको छ ।

डाक्टर चौरसियाका अनुसार मृतक मधुमेहका दिर्घ रोगी हुनका साथ् पछिल्लो समय उनमा रूघाखोकी, ज्वरो, सास फेर्न गाह्रो हुने समस्या समेत देखिन थालेको थियो ।

भदौ १४ गते अस्पताल भर्ना भएका उक्त पुरूषको गएरति आइसियू कक्ष भित्र उपचारको क्रममा मृत्युु भएको डा. चौरसियाले जानकारी दिए ।

योसँगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ । साउन यतामा मात्रै ५४ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका ६० जनामध्ये पर्साका ४२ जना, बाराका १३ जना, रौतहटका ४ जना र सर्लाहीका १ जना छन् । दुई जनाको भने ठेगाना खुलेको छैन ।

Back to top