×

वीरगञ्ज २१ भदौँ । वीरगञ्जमा प्लाज्मा थेरेपीबाट उपचार गराइरहेका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको आइसित्यू कक्षमा उपचार गराइरहेका सर्लाहीका एक ३५ वर्षिय पुरुषको मृत्यु भएको हो ।

भदौँ १४ गरे कोरोना संक्रमण पुष्टि भइ नारायणी अस्पतालको आइसीत्यू कक्षमा प्लाज्मा थेरेपीबाट उपचार गराइरहेका उनको आइतबार बिहान १० बजेको करिवमा मृत्यु भएको नारायणी अस्पतालका प्रवकता डा. अतुलेषकुमार चौरसियाले जानकारी दिए ।

भर्ना भएको अर्को दिन अर्थात् भदौँ १५ गते देखि उनको प्लाज्मा थेरेपी बाट उपचार सुरु भएको थियो । वीरगञ्जमा प्लाज्मा थेरेपीबाट उपचार पाउँने पहिलो व्यक्ति थिए ।

Back to top