×

वीरगञ्ज २० भदौं । पर्सामा शनिबार ९३ जना कोरोनाभाइरस संक्रमणबाट मुक्त भएका छन् । जिल्ल्लाको विभिन्न आइसोलेशन सेन्टर, अस्पताल र होम आइसोलेशनमा रहेका ९३ जना कोरोना संक्रमितहरु शनिबार डिस्चार्ज भएका हुन् ।

नारायणी अस्पतालको मातहातमा रहेको अस्थायी कोभिड विशेष अस्पताल गानक हस्पिटलबाट १४ जना, कलवार धर्मशालाको सेमी आइसोलेशनबाट १५ जना, पटेर्वा सुगौलीस्थित सेमी आइसोलेशनबाट १ जना, नारायणी वयोधा अस्पतालको आइसोलेशनबाट ३ जना, राणी सतीको सेमी आइसोलेशनबाट ३० जना, बहुदरमाई नगरपालिकास्थित नगरदाहा सामुदायिक सेमी आइसोलेशनबाट २ जना, पर्सागढीको बागेश्वरी सेमी आइसोलेशनबाट १६ जना, होटल कुमु प्यालेसको आइसोलेशनबाट १० जना, पर्सागढीमा होम आइसोलेशनबाट १ जना र नारायणी वयोधाको होम आइसोलेशनबाट १ जनागरी ९३ जना कोरोनामुक्त भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

योसँग जिल्लामा कोरोना संक्रमणमुक्त भएको संख्या १ हजार ४ सय १२ पुगेको छ ।

Back to top