×

वीरगञ्ज ११ भदौं । वीरगञ्जमा एक गर्भवती महिलाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएकी बारा जिल्लाको महिलाको बिहिबार बिहान मृत्यु भएको हो ।

मृत्यु हुनेमा बारा जिल्लाको हर्दिया वडा नम्बर ४ की २३ वर्षीय महिला रहेकी छन् । उनि ३३ सप्ताहाकी गर्भवती थिइन ।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भदौं ८ गते अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ । भर्ना पश्चात उनमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि सोहि अस्पतालको पिसिआर प्रयोशालामा उनको स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ भएको थियो ।

कोरोना पुष्टि भएपछि उनलाई नारायणीमै व्यवस्थापना गरिएको आइसोलेसनमा उनको राखेर उपचार सुरु गरिएको अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

बुधबार राती अचानक उनको रक्तचाप बढ्न थालेपछि आइसोलेसनमै उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रवक्ता डा. चौरसियाले बताए ।

योसँगै पर्सामा मात्रै कोरोना सङ्क्रमणका कारण ४४ पुगेको छ । साउन यतामा मात्रै ४० जनाको मृत्यु भएको हो । वीरगञ्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ४२ जनामध्ये १ बेवारिसे युवकसहित पर्साका ३२ जना, बाराका १० जना र रौतहटका २ जना रहेको नारायणी अस्पतालको तथ्यांकले देखाएको छ ।

Back to top