×

वीरगञ्ज ९ भदौ । नेपाल टेलिभिजनका संवाददाता विजय महतोमाथि अलौंका स्थानीय बासिन्दाले दुव्र्यवहार गरेका छन् ।

दुई पक्षबीच पञ्चायती भइरहेको दृश्यलाई आफ्नो क्यामेरामा कैद गरिरहेका पत्रकार महतोलाई स्थानीयले घेराउ गरी क्यामरा खोसेका थिए ।

केही दिनअगाडि सो नाकाबाट तस्करी गर्दै आएका तस्करहरूको सामान प्रहरीले पक्रन थालेपछि एक तस्करले अर्को तस्करमाथि आरोप लगाउँदै आएको थियो ।

सोही विषयलाई लिएर केही दिनअघि दुई समूहबीच कुटाकुट भएको र दुवै पक्षले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

निवेदन दिनेहरूले छुट्टै कारण देखाइ कुटपीट भएको र कारबाईको माग गर्दै निवेदन दर्ता गराएका थिए । सोही विवाद मिलाउन आज पञ्चायती बसेको थियो । सोही पञ्चायतीको दृश्य लिन खोज्दा केही युवाले पत्रकारको कुनै काम छैन भनेर दुव्र्यवहार गर्नुका साथै क्यामरा खोसेका थिए । प्रहरीले हस्तक्षेप गरी महतोलाई क्यामरा दिन लगाएको थियो ।

प्रहरी चौकी अलौंका प्रनानि गजानन्द साहले दुवै पक्षबीच कुटाकुट भएको र जिल्लाबाट छलफल गरी मिलाउनको लागि प्रहरी पनि पञ्चायतीमा बसेको जानकारी गराए ।

Back to top