वीरगञ्ज ९ भदौं । नेपाल कम्युनिष्ट पार्टीका युवा नेता प्रभाकर गुप्ता कोरोनामुक्त भएका छन् । विगत १२ दिनदेखि होम आइसोलेसनमा बसिरहेका गुप्ताको मंगलबार कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
वीरगञ्जकै एक जना स्थानीय नेताको सम्पर्कमा आएपछि उनि सङ्क्रमित भएका थिए । श्रावन ३० गते उनमा सङ्क्रमण पुष्टि भएक थियो । सङ्क्रमित भएपछि कुनै लक्षण नदेखिएको कारण उनले आफुलाई वीरगञ्ज महान्गर्पालिका वडा नं. १० स्थित आफ्नो घरमै आइसोलेसन गरेका थिए ।
सङ्क्रमित भएर घरमा बस्ने क्रममा उनले नियमित व्यायाम र पौष्टिक आहारको सेवन गरेर कोरोनाबाट छुटकारा पाएको बताए । उनले चिकित्सकको सल्लहा अनुसार आफुले नियमित पौष्टिक आहार, औषधि र व्यायाम गरेको बताए ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियू) का केन्द्रीय सदस्य समेत रहेका गुप्ताले कोरोनासँग डाराएर बस्नुको कुनै औचित्य नरहेको भने । उनले आत्मबललाई उच्च राख्दै अनुशासित भएर आफुलाई आइसोलेट गरेर कोरोनाबाट सजिलै छुटकारा पाइने बताए ।
गुप्ताले भदौं ७ गते कोरोना परिक्षणका लागि दोस्रो पटक आफ्नो स्वाब नारायणी अस्पतालमा जम्मा गराएका थिए । उनले चिकित्सकको सल्लहा अनुसार केहि दिन आझै घरमै आराम गर्ने बताए ।
नेकपाका पर्सा जिल्ला सदस्य समेत रहेका गुप्ताले कोरोनाबाट जोगिन उचित सुरक्षा मापदण्ड अपनाउनुको विकल्प नरहेको बताए ।