×

वीरगञ्ज ९ भदौं । समाचार लेखेकै भरमा पत्रकारहरुलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव जितेन्द्र यादवले भिजलान्ते भनेको प्रति पत्रकारिता सँग आबद्ध संघ संगठनको माफी मांग गरेका छन ।

मर्यादित पदमा बसेका स्वकीय सचिव यादवले समाचार लेखेकै भरमा पत्रकारहरुलाई भिजलान्ते लगायतका अमार्यदित शब्द प्रयोग गरी बदनाम गर्ने गरेको कार्यप्रति आपति जनाउंदै नेपाल पत्रकार महासंघ र मधेशी पत्रकार समाज नेपालको प्रादेशिक कार्यसमितिले छुट्टा छुट्टै विज्ञप्ति जारी गरी आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त विज्ञप्तिमा गत केही दिनदेखि वैश्विक महामारी कोरोना संक्रमण जस्ता जोखिमको बेलामा पनि जिउज्यानको कुनै प्रवाह नगरी राज्यको दायित्व बोध गराउने गरी खबरदार्री सहित नागरिकलाई सुसचित गराउन अहोरात खटदै आएका छन । यस्तो अवस्थामा ती पत्रकारलाई कार्यप्रति प्रोत्साहित गर्नुको सट्टा भिजलान्ते लगायतका शब्द प्रयोग गरी अपहेलित र बदनाम गर्नु जस्ता हतोत्साहित गर्ने कार्य सरकार पक्षबाटै हुनु दुखद रहेको भनिएको छ ।

समाचारप्रति चित्त नबुझे सरोकारबला निकाय समक्ष गुनासो गर्न सकिने प्रावधान हुँदाहुँदै स्वकीय सचिव यादवले पत्रकारहरुलाई भिजलान्ते जस्ता अमर्यादित शब्द प्रयोग गर्नु घोर निन्दनीय र भत्र्सना योग्य रहेकोले उक्त अभिव्यक्तिप्रति गलती स्वीकार गरी तत्काल फिर्ता लिई आगामी दिनमा यस्तो गलती नदोहरिने प्रतिबद्धता व्यक्त गर्न जोडदार माग ती विज्ञप्ति मार्फत गरिएको छ ।

मुख्यमन्त्रीका स्वकीय सचिवले दिएको अभिव्यत्ति तत्काल फिर्ता नलिए हामी आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दुवै संगठनले विज्ञप्ति मार्फत दिएका छन । साथै कर्तव्य निर्वाहको क्रममा संक्रमित भएर उपचार गराइ रहनु भएका सम्पूर्ण सञ्चारकर्मीसहित आमनागरिकको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

Back to top