×

वीरगञ्ज ८ भदौं । नेपाल विद्यार्थी संघ पर्साले कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणले मृत्यु भएकालाई धार्मिक रितिरिवाज अनुसार दाह संशकार गर्ने माग गरेको छ ।

नेपाल विद्यार्थी संघ पर्साले सोमबार अपरान्ह पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई यस विषयप्रति ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएको हो ।

मृत्यु भएका परिवारलाइ समेत मृतकको शरीर हेर्न नपाएको गुनासो बढेपछी यसलाइ गम्भीरता पुर्वक लिन माग गर्दै ज्ञापनपत्र बुझाएको नेबिसंघका पुर्व केन्द्रिय सदस्य सुधीर पटेलले जानकारी दिए ।

कोरोना भाइरसको चपेटमा परि मृत्यु भएका ब्यक्तिलाई उसैको परम्परा र धर्म अनुसार अंतिम संस्कार/दहा संस्कार गर्ने वातावरण बनाइदिन माग गरिएको उनले बताए ।

ज्ञापनपत्र बुझाउन टोलिमा नेबिसंघ पर्साका कार्यवाहक अध्यक्ष बिकेश पटेल, जिल्ला सदस्य बिट्टु अन्सारीलगायतको उपस्तिथि रहेको थियो ।

Back to top