×

वीरगञ्ज ७ भदौँ । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएका छन् ।

विगत २५ दिनदेखि कोभिड-१९ बाट सङ्क्रमित भइ होम आइसोलेसनमा रहेका नगरप्रमुख सरावगीको आइतबार कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोशालामा गरिएको परिक्षणमा नगरप्रमुख सरावगीको रिपोर्ट नेगेटिभ आएको उनका राजनीतिक सल्लहाकार मुकेश द्विवेदीले जानकारी दिए । नगरप्रमुख सरावगीले आइतबार बिहान पिसिआर परिक्षणका लागि आफ्नो स्वाब जम्मा गराएका थिए ।

नगरप्रमुख सरावगी श्रावन १५ गते कोरोना सङ्क्रमित भएका थिए । उनले सामाजिक सञ्जाल फेसबुकको आफ्नो आधिकारिक आइडीबाट आफुलाई कोरोना सङ्क्रमण भएको जानकारी गराएका थिए ।

सरावगीमा कोरोना सङ्क्रमण पुष्टि हुँदा उनि काठमाडौँमा थिए । केहि दिन काठमाडौँस्थित आफ्नो घरभित्रै होम आइसोलेसनमा रहेर उपचार गराएका नगरप्रमुख सरावगी गत हफ्ता वीरगञ्ज फर्केको द्विवेदीले बताए ।

Back to top