×

वीरगञ्ज ७ भदौँ । पर्सा जिल्लाको बिन्दाबासिनी गाउँपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेकी महिलाको आइतबार बिहान पौने १२ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

बिन्दाबासिनी गाउँपालिका वडा नं. ३ इटियाही निवासी ७० वर्षीय महिलाको सङ्क्रमणका कारण ज्यान गएको जिल्ला प्रशासन कार्यालय पर्साले सूचना दिएको हो ।

लामो समयदेखि क्षयरोग, उच्च रक्तचाप र दमा सम्बन्धि रोगले ग्रसित महिलालाई श्वासप्रश्वासमा समस्या आएपछि भदौं ६ गते शनिबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

भर्ना गरेपश्चात स्वास्थ्य अवस्था थप बिग्रिदै गएपछि उनलाई आइसीयुमा राखेर उपचार सुरु गरिएको थियो । आइसीयुमा उपचार गरिएपनि उनले आइतबार बिहान पौने ११ बजे ज्यान गुमाएको परिवारको स्रोतले जनाएको छ ।

शनिबार भर्ना गर्न साथ् उनको स्वाबको नमूना संकलन गरी परिक्षणको लागि नारायणी अस्पतालको पिसिआर ल्याबमा पठाइएको थियो । आइतबार दिउँसो उनमा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

उनको शव हामपनि नारायणी अस्पतालको शवगृहमा राखिएको छ । योसँगै पर्सामा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउँनेको संख्या ३० पुगेको छ ।

Back to top