×

वीरगञ्ज ७ भदौँ । कोरोना भाइरसको महामारी पर्सा जिल्लामा समुदायस्तरमै फैलिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

अहिलेको जटिल परिवेशमा कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्न चुनौतिको विषय बनेको छ । यस्तो अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधिसहित विभिन्न समाजसेवीहरु पनि चुनौतिको सामना गर्न निरन्तर खटिएका छन् । स्वास्थ्यकर्मीहरु उपचार र स्वास्थ्य सेवा दिएर, सुरक्षाकर्मीहरु सुरक्षा दिएर, सञ्चारकर्मी सुचना सम्प्रेषण गरेर, जनप्रतिनिधि र समाजसेवीहरु पनि सोही अनुरुप लागिरहेका छन् ।

पर्सा जिल्लामा पनि एकातर्फ कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेर सक्रियताका साथ लागिरहेका छन् । भन् अर्काेतर्फ निषेधाज्ञाका कारण प्रभाविन भएका गरिब, विपन्न तथा दैनिक ज्याला मजदुरी गरेर जिवन निर्वाह गर्नेहरुको भोख मेटाउने प्रयासमा पनि लागीरहेका छन् ।

निषेधाज्ञाका कारण प्रभावित भएका दैनिक ज्याला मजदुरी गर्ने श्रमिक, रिक्सा तथा ठेला चालक, गरीब, बिपन्न परिवारको भोख मेटाउने अभिप्रायले वीरगञ्ज महानगरपालिका वडा न. १३ का स्थानीय युवाहरुको सक्रियता विगत १० दिनदेखी निशुल्क भोजनको व्यवस्थापन हुँदै आएको छ ।

वडा न. १३ का अध्यक्ष तूफान अन्सारी, सन्दिप यादब, नसस लालमहमद, नसस राज कुमार, युवा नेता रुस्तम शेख, साहिब खान, नौसाद अन्सारी, मनमोहन पाण्डे, अकब मन्सुरी, अमिन मिया लगायतको सहयोग र कोभिड एक्सन टिम (क्याट) को पहलमा वीरगञ्जका विभिन्न क्षेत्रहरुमा निशुल्क रुपमा भोजन बाँडिएको अभियानमा संलग्न सक्रिय युवा साहिब हुसैनले जानकारी दिए ।

जिल्ला समन्वय समितिमा बिहान ९ बजेदेखी १२ बजेसम्म सञ्चालन हुने भोजन शिविरमा दैनिक ८० देखी १ सय जनासम्मले खाना खाने गरेका छन् भने विरगञ्जका विभिन्न क्षेत्रहरुमा दैनिक १ सय देखी १ सय ५० जनासम्मलाई प्याकिंगमार्फत खानाको व्यवस्थापन गरिरहेको वडाअध्यक्ष तुफान अन्सारीले बताए ।

Back to top