×

वीरगञ्ज ६ भदौँ । प्रदेश नं. २ की प्रदेशसभा सदस्य डा. अञ्जू कुमारी यादवले कोभिड एक्सन टिम (क्याट) का स्वयम् सेवकहरुलाई स्वास्थ्य र सुरक्षा सामग्री सहयोग गर्नुभएको छ ।

कोरोना सङ्क्रमणका कारण सृजित अवस्थामा सहयोगका लागि खटिरहेका कोभिड एक्सन टिमका स्वयम् सेवकहरुलाई आइतबार एउटा कार्यक्रम बीच प्रदेश सांसद् डा. यादवले मास्क, पञ्जा, फेस सिल्ड, हेड कभर र गाउनलगायत स्वास्थ्य र सुरक्षा सामग्री सहयोग गर्नुभएको हो ।

जिल्ला समन्वय समिति पर्साको भवनमा आयोजित कार्यक्रममा डा. यादवले आफै पुगेर सहयोग गर्नुभएको थियो । कोरोनाभाइरसको महामारी नेपाल भित्रीएदेखि नै सक्रिय रुपमा सहयोग र समन्वय गरिरहनु भएकी डा. यादवले स्वयम् सेवाकहरुको मनोबल उच्च राख्न र सुरक्षित ढंगबाट उनीहरुले गरिरहेको कार्यलाई निरन्तरता दिन सहयोग गरेको बताउनुभयो ।

उनले यसअघि विभिन्न अस्पताल, प्रहरी चौकी, सञ्चारगृह र सङ्क्रमितहरुलाई समेत सहयोग गरिसक्नु भएको छ । त्यसैगरी केहि दिन अगाडी उनले आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर समेत पुगेर उनले गरिव र भोकाहरुलाई खाद्यान्न सहयोग गर्नुभएको थियो ।

प्रदेश सांसद् डा. यादवले आगामी दिनमा समेत आफुले सहयोगलाई निरन्तरता दिने प्रतिबद्दता समेत व्यक्त गर्नुभएको छ । जनता समाजवादी पार्टीकी प्रभावशाली नेतृ समेत रहेकी डा. यादवले सबैको साथ् र एकमुष्ट सहकार्यले कोरोनालाई पराजित गर्न सकिने धारणा व्यक्त गर्नुभएको थियो ।

कोभिड एक्सन टिम (क्याट) को आयोजनामा गरिएको हस्तान्तरण कार्यक्रमको अध्यक्षता जिल्ल्ला समन्वय समितिका अध्यक्ष नेक महाम्मोद मियाँले गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा कोभिड एक्सन टिमका प्रतिनिधि तबरेज अहमद, श्याम पटेल, सञ्जिव मिश्रलगायतको उपस्थिति रहेको शैली चौधरीले जानकारी दिएकी छन् ।

Back to top