×

वीरगञ्ज ६ भदौं । बाराबाट स्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद भएको छ। बारा प्रहरीका अनुसार शनिबार बिहान महागढीमाई नगरपालिका-७ बेनौलीस्थित सडकबाट उक्त बराबरको रकम बरामद गरिएको हो।

प्रहरी चौकी तेलकुवाबाट खटिएको प्रहरी टोलीले मोटरसाइकललाई चेकजाँच गर्न खोज्दा चालकले झोला फ्याँकेर फरार भएको बारा प्रहरीले जनाएको छ।

रातो जेब्रा झोला खोलेर हेर्दा एक हजारका ७६२ थान र ५०० दरका १६७६ थान नोट भेटिएको प्रहरीले जनाएको छ।

फरार भएका मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको प्रहरीको दाबी छ।

Back to top