×

वीरगञ्ज ६ भदौं । लायन्स क्लब अफ वीरगञ्ज नोर्थले जिल्ला प्रहरी कार्यालय पर्सालाइ विभिन्न सामाग्री सहयोग गरेको छ ।

समुदायस्तरमा फैलिएको कोरोना महामारीको विरुद्धमा अग्रपंक्तिमा रहेर कार्यरत सुरक्षाकर्मी तथा प्रहरीलाई विभिन्न आवश्यक सामाग्री सहयोग गरिएको क्लबले जनाएको छ ।

सो अवसरमा पानी तताउने विद्युतिय केटिल ३६ थान, स्टेम भेपर ४५ थान, फेस सिल्ड १ सय ६० पिस, ५ थान ओक्सिमिटर, १० थान थर्माेमिटर, २५ कार्टुन पानी लगायतका अन्य सामाग्री सहयो गरिएको हो ।

संस्थाका अध्यक्ष सन्जय अग्रवाल र पुर्व अध्यक्ष गोविन्द साहले समग्र रुपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक गौतम थापालाई सामाग्री हस्तान्तरण गरेका हुन् ।

Back to top