×

वीरगञ्ज ६ भदौँ । वीरगञ्जमा कोरोनाभाइरस सङ्क्रमणका कारण शनिबार बिहानै एक वृद्धले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउँनेमा पर्साको बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ६१ वर्षीय पुरुष रहेका छन् । कोरोना सङ्क्रमणका कारण उपचारको क्रममा अस्पतालमा उनको मृत्यु भएको हो ।

गण्डक बहुअरीस्थित वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका गराइरहेका उनको शनिबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको चिक्तिसकले बताएका छन् । मुटु, दम र उच्च रक्तचापका बिरामी रहेका उनमा निमोनियाको पनि समस्या देखिएपछि श्रावन ३१ गते वीरगञ्जको अलि अर्थो ट्रमा सेन्टरमा लगेर भर्ना गरिएको थियो।

भदौ ३ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएपछि अलि अर्थो ट्रमा सेन्टरबाट उनलाई राति नै वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा रिफर गरिएको थियो।

कोभिड अस्पतालमा उपचारकै क्रममा शनिबार बिहान उनको मृत्यु भएको चिकित्सक डाक्टर दिपक कुशवाहाले जानकारी दिए ।

योसँगै पर्सामा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या बढेर २८ पुगेको छ भने गएको ३ दिनमा ४ व्यक्तिले सङ्क्रमणका कारण ज्यान गुमाएको तथ्यांकले देखाएको छ ।

Back to top