×

वीरगञ्ज ५ भदौं । वीरगञ्ज महानगरपालिकामा ७१ जनासहित पर्सामा थप ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराएको जानकारी अनुसार नारायणी अस्पतालको पिसिआर प्रयोशालामा बिहिबारराती विभिन्न स्थानबाट आएको स्वाबहरुको नमूनालाई परिक्षण गर्दा २४ महिलासहित पर्सामा वीरगञ्ज महानगरपालिकालगायत अन्य स्थानीय पालिकागरी थप ७५ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

वीरगञ्ज महानगरपालिकाको वडा न. ३ मा दुई जना, ४ मा दुई जना, ६ मा दुई जना, ८ मा तिन जना, ९ मा सात जना, १० मा चौद जना, ११ मा तिन जना, १२ मा दुई जना, १३ मा तिन जना, १५ मा एक जना, १६ मा सात जना, १८ मा तिन जना, १९ मा एक जना, २६ मा एक जना र ३२ मा एक जनागरी ७१ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले बताएको छ ।

त्यसैगरी पर्साको बहुदरमाई नगरपालिकामा एक जना, जिराभवानी गाउँपालिकामा एक जना, पोखरिया नगरपालिकामा एक जना र पकहाँमैनपुर गाउँपालिकामा एक जनामा समेत कोरोना पोजेटिभ भएका छन् ।

शुक्रबार दिउँसो एक जना पुरुषको मृत्यु भएसँगै पर्सामा कोरोनाबाट ज्यान गुमाउँनेको संख्या बढेर २६ पुगेको छ ।

त्यस्तै शुक्रबार ५ पुरुष र २ महिलागरी ७ जना वीरगञ्जका विभिन्न कोभिड अस्पतालबाट डिस्चार्ज समेत भएका छन् भने हालसम्म ३ सय ४५ जना कोरोनामुक्त भएका छन् ।

यसैगरी जिल्लाका विभिन्न स्थानमा व्यस्थापन गरिएका आइसोलेसन सेन्टरहरुमा १ सय ३८ जना कोभिड पोजेटिभहरुको उपचार चलिरहेको छ भने होम आइसोलेसनमा ६ सय ५ जनालाई राखी उपचार गरिँदै छ ।

कोरोना सङ्क्रमण जाँचका लागी शुक्रबार २ सय ७१ जनाको स्वाब संकलन समेत गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । जिल्लामा हालसम्म १७ हजार २ सय ६६ जनाको पिसिआर प्रविधिबाट कोरोना परिक्षण गरिएको छ जसमा ३ सय ७२ जनाको रिपोर्ट अहिलेपनि आउँन बाकी रहेको छ ।

Back to top