×

वीरगञ्ज ५ भदौं । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० रानीघाटका ४८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

गण्डक बहुअरीस्थित वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो सवा १ बजे संक्रमित पुरुषको मृत्यु भएको हो।

मृतक पुरुषमा मुटु सम्बन्धी रोगको समस्या थियो । श्रावन ३१ गते नारायणी अस्पतालको आइसीयूमा भर्ना भएका उक्त पुरूषमा श्रावन ३२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो।

पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि उनलाई नारायणी अस्पतालबाट वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा लगिएको थियो।

आइसीयूमा उपचाररत उनको स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखिएको थियो। योसँगै वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ । श्रावनमा मात्रै २९ जनाको मृत्यु भएको छ ।

Back to top