×

वीरगञ्ज ५ भदौं । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा थप ८६ जनमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

अस्पतालले विभिन्न स्थानबाट जम्मा गरी ल्याइएको स्वाबको नमुना परीक्षण गर्दा थप ८६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

अस्पतालको रिपोर्ट अनुसार थपिएका सङ्क्रमित मध्ये केही निजी अस्पतालका चिकित्सक, नारायणी अस्पतालका स्वास्थ्यकर्मी र सञ्चारकर्मीसमेत रहेका अस्पतालको श्रोतले जनाएको छ ।

थपिएका सङ्क्रमित मध्ये केही पर्सा जिल्लाका ग्रामीण क्षेत्रसहित अन्य जिल्लाका पनि रहेको स्रोतले बताएको छ ।

Back to top