×

वीरगञ्ज ४ भदौ । पर्सामा बिहिबार फेरी ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको सदरमुकाम वीरगञ्जसहित अन्य स्थानीय पालिकाहरु गरेर १० महिलासहित थप ५५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराएको विवरण अनुसार वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा ३२, धोबिनी गाउँपालिकामा ३, पोखरिया नगरपालिकामा १५ र पकहाँमैनपुर गाउँपालिकामा ५ जनागरी ५५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

आज ५५ जना थपिएसँगै जिल्लामा सङ्क्रमितहरुको संख्या बढेर १६ सय ६१ पुगेको छ भने सङ्क्रमणका कारण जिल्लाका २४ जनाले ज्यान गुमाई सकेका छन् । त्यसैगरी हालसम्म कोरोनामुक्त भएर ३ सय ३८ जना घर फर्किसकेका छन् ।

जिल्लामा व्यवस्थापन गरिएको विभिन्न आइसोलेसन सेन्टरहरुमा १ सय ३६ जनाले उपचार गराइरहेका छन् भने होम आइसोलेसनमा ६ सय २३ जना रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।

त्यस्तै हालसम्म १६ हजार ९ सय ९५ जनाको आरटि पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको छ । बिहिबार मात्रै ३ सय ९ जनाले कोरोना परिक्षणका लागि आफ्नो स्वाब जम्मा गराएको प्रशासनले जनाएको छ ।

Back to top