वीरगञ्ज ४ भदौ । वीरगञ्जमा बिहिबार थप एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।
बुधबार रति वीरगञ्जस्थित नारायणी अस्पतालको सेमी आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
बारा जिल्लाको कलैया उपमहानगरपाकिला वडा नं १० मटिअर्वाका ५९ वर्षीय पुरुषमा मृत्यु पश्चात सङ्क्रमण पुष्टि भएको हो । उपचारका नारायणी अस्पताल भर्ना गरिएको केहि समयपछि उनले ज्यान गुमाएको नारायणी अस्पतालले जनाएको छ ।
मृत्यु पश्चात स्वाब संकलन गरेर जिन एक्सपर्ट पीसीआर परीक्षण प्रविधिबाट परिक्षण गर्दा बिहिबार उनको रिपोर्ट पोजेटिभ आएको हो ।
बुधबार राति अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई वीरगञ्ज उपचारको लागि ल्याइएको थियो । उपचार खोज्दै विभिन्न अस्पताल चहारेपनि पिसिआर रिपोर्ट माग्दै उनलाई कुनै अस्पतालले भर्ना गर्न नमानेको बुझिएको छ ।
निजि अस्पतालहरुले भर्ना गर्न नमानेपछि अन्त्यमा नारायणी अस्पतालमा उनलाई भर्ना गरिएको थियो । तर भर्ना गरिएको केहि बेरमै उनले ज्यान गुमाएको अस्पतालको स्रोतले जनाएको छ ।