×

वीरगञ्ज ३ भदौं । पर्सामा कोरोनाभाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराएको जानकारी अनुसार हिजो २ जनाको संक्रमणका कारण मृत्यु भएको हो ।

मृत्यु हुने एक वीरगञ्ज महानगरपालिका वडा नं. ४ विर्ता बस्ने ८४ वर्षीय वृद्ध र एक जना वीरगञ्ज महानगरपालिका वडा नं. १३ भिस्वा बस्ने ५७ वर्षीय पुरुष रहेका छन् । दुईमध्ये एक जनामा मृत्यु पछि संक्रमण पुष्टि भएको छ ।

यही श्रावन २७ गतेदेखि गण्डक कोभिड अस्पतालमा उपचार गराईरहेका ८४ वर्षीय पुरुषको गएराती साढे १० बजेको करिबमा आइसीयुमा उपचार गर्दा गर्दै मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यसैगरी श्वासप्रश्वासमा समस्या आएपछि हिजो नारायणी अस्पतालको सेमी आइसोलेसनमा भर्ना भएका ५७ वाढ़ीय पुरुषको दिउँसो साढे ३ बजे तिर मृत्यु भएको थियो । मृत्यु पश्चात उनको स्वाब लिएर पिसिआर प्रविधिबाट परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेर २३ पुगेको छ भने कुल संक्रमितको संख्या बढेर १ हजार ५ सय ८३ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साको तथ्यांकले देखाएको छ ।

Back to top