×

वीरगञ्ज २ भदौं । पर्सा र बारा सञ्चारकर्मी, चिकित्सक, प्रहरी गरी थप ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पर्सामा ५६ र बारामा १० जनागरी थप ६६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमितहरु मध्ये सबैभन्दा धेरै २५ जना पर्साको बहुदरमाई नगरपालिकाका रहेका छन् । बहुदरमाई नगरपालिका वडा नं. ४ का बहुवारीका २ जना र अन्य वडाका ५ जना गरी २५ जनामा सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

विभिन्न व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने क्रममा साउन ३० गते बहुदरमाई स्वास्थ्य चौकीमा ७७ जनाको स्वाबको नमूना संकलन गरेर परिक्षण गर्दा २५ जनामा सङ्क्रमण पुष्टि भएको बहुदरमाई नगरपालिका कार्यालयले जनाएको छ ।

त्यसतै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ५ जना र वडा प्रहरी कार्यालय विर्तामा कार्यरत २० जना गरी ७ जना प्रहरीमा पनि पोजेटिभ भएका छन् । पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायाव उपरिक्षक मनोजित कुँवरले ७ जना प्रहरीमा समेत सङ्क्रमण देखिएको पुष्टि गरे । यस्तै नारायणी अस्पतालका एक जना चिकित्स, एक जना ओपीडीका कर्मचारीमा पनि सङ्क्रमण पुष्टि भएको छ ।

त्यसैगरी वीरगञ्ज महानगरपालिका वडा नं. १० मुर्ति चोकका ८ जना र वडा नं. १ र २ मा पर्ने छापकियाँमा ५ जनामा पनि सङ्क्रमण देखिएको छ ।

बारा जिल्लामा भेटिएका सङ्क्रमित मध्ये ५ जना प्रसौनी गाउँपालिकाका रहेका छन् भने, पिलुवाका २ जना, सिम्रौनगढ नगरपालिकाका एक जना र कलैया उपमहानगरपालिकाका एक जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जयमोद ठाकुरले जानकारी दिए ।

नारायणी अस्पतालमा सोमबार राती गरिएको परिक्षणमा ८ वर्षकी बालिकादेखि ७९ वर्षीय वृद्धमा समेत सङ्क्रमण देखिएको हो । सङ्क्रमित हुनेमा १७ जना महिलापनि रहेका छन् । मंगलबार थपिएका मध्ये २ जनाको नारायणी अस्पतालस्थित आइसीयुमा उपचार चलिरहेको ठाकुरले बताए ।

Back to top