×

वीरगञ्ज २७ श्रावन । विरामीको उपचार नगर्ने अस्पताललाई कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रिदाँ पक्राउ परेका नेविसंघका नेता कार्यकर्तालाई प्रहरीले सोमबार राति रिहा भएका छन् ।

प्रहरीले नेविसंघका विकास तिवारी, मनोज साह, शेष हजारालाई सोमबार बिहान पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जनालाई सोमबार राति करिब साढे ११ बजेतिर प्रहरीले रिहा गरेको नेपाली काँग्रेसका युवा नेता राकेश यादवले जानकारी दिए ।

यसअघि , हिरासतमा रहेका उनीहरुले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले धरपकड गरेको भन्दै हिरासतबाटै आमरण अनसन शुरु गरेका थिए । नेवि संघका विकास तिवारी भने आफ्नो शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप गरेर गैरकानुन ढंगबाट आफुलाई पक्राउ गरेको भन्दै आमरण अनसन सुरु गरेको बताएका थिए ।

वीरगञ्जमा निजि अस्पतालहरूमा विरामीको उपचार हुनुपर्ने, आर्थिक अवस्था कमजोर भएकालाई राहतको व्यवस्था गरिनुपर्ने, कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई उचित सेवा सुविधा दिनुपर्ने लगायत ६ बुँदे माग राखेर नेविसंघले सोमबार बिहान प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउन लागेको थियो ।

तर, जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले नेविसंघ कार्यकर्तालाई लाठीचार्ज गर्दै तिन नेतालाई पक्राउ गरेको नेता यादवले बताए ।

Back to top